एकीकृत समाजवादीका ५० जिल्ला अधिवेशन

डिसी नेपाल
४ असार २०८२ ११:१२
44
Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले छवटा प्रदेश ५० जिल्ला अधिवेशन सम्पन्न गरेको छ।

पार्टीले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरेको हो।

केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार संगठनलाई सुदृढ गर्न सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मका सदस्यको भेला, सदस्यता विस्तार, राजनीतिक प्रशिक्षण सञ्चालन हुनेछ। बाँकी प्रदेश तथा जिल्लामा यथाशक्य चाँडो अधिवेशन गरिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.