इजरायल-इरान युद्धको विरोधमा शान्ति समाजको प्रदर्शन

डिसी नेपाल
४ असार २०८२ १३:३८
112
Shares

काठमाडौं।  इजरायल र इरानबीचको युद्ध रोक्न माग गर्दै मानव अधिकार तथा शान्ति समाजले काठमाडौंमा प्रदर्शन गरेको छ। साथै  युद्धको वातावरणमा पनि नेपाली नागरिकहरुलाई इजरायल पठाएको  भन्दै  शान्ति समाज नेपालले बुधबार इजरायली दूतावास अगाडि धर्ना दिएको हाे।

सरकारले नेपाली नागरिलाई द्वन्द्वग्रस्त मुलुक इजरायल पठाउने काम नरोक्नु अपराध भएको भन्दै धर्नामा उत्रिएको शान्ति समाजले जनाएको छ। सोही क्रममा मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले नेपाली नागरिलाई इजरायल पठाउने काम रोक्नु पर्ने बताए। उनका अनुसार युद्ध क्षेत्रमा नेपालीलाई पठाउने भनेको पैसाको लागि जे पनि गर्ने कुरा जस्तो भएको बताए।

उनले भने, ‘हमास र इजरायलको बीचमा युद्ध भयो हामीले नेपाल सरकारलाई प्रष्ट भनेका थियौं कि नेपालीहरुलाई त्यहाँ जानबाट रोक्नु तर युद्ध बढ्दै जाँदा पनि नेपाली नागरिलाई इजरायल पठाउने काम सरकारले रोकेन त्यो अपराध हो।’

इजरायलले पनि किन नेपालीलाई बोलाई रहेको छ र नेपालले पनि किन यस्तो अवस्थामा नेपालीलाई पठाई रहेको छ भन्ने कुरा चिन्ताको विषय भएको बताउँदै उनले इजरायलले नेपाली नागरिकलाई त्यहाँको सैन्य प्रयोजनको लागि प्रयोग गर्छ भन्ने त्रास पनि रहेको भन्दै युद्धलाई अन्त्य गनुपर्छ भनेर आफुहरु आन्दोलनमा उत्रीएको बताए।

शान्ति समाजकी सभापति रेनुका पौडेलले आफ्ना नागरिकहरु संसारको जुनसुकै कुनामा भएपनि संरक्षण गर्नु राज्यको दायित्व भएको भन्दै त्यसप्रति नेपाल सरकारलाई ध्यानाकर्षण गराएको बताइन्।

उनले भनिन्,  ‘जसरी नेपाली नागरिक त्यहाँ रहनु भएको छ पराराष्ट्र मन्त्रालयले त्यहाँको बारेमा सुचना जारी गरेको छ। दुतावासले नेपालीहरुलाई केही अफ्ठ्यारोमा पर्‍यो भने उद्धार गर्ने सहजिकरण गर्ने प्रयास गरिरहेको छ। सरकारले आफ्नो नागरिकको सुरक्षा दिनै पर्छ। अरुदेश सँग समन्वय गरेर हुन्छ भने राज्यले त्यो नीती अपनाउन पर्छ। आफ्नो नागरिक संसारको जुनसुकै कुनामा भएपनि उस्को संरक्षण गर्नु राज्यको दायित्व हो। त्यसप्रति हामी नेपालसरकारलाई ध्यानाकर्षण गराउने छौंं। यो युद्ध हुन हुँदैन युद्धले मानिसको क्षयमात्र गर्ने काम गर्छ। त्यसैले युद्ध गर्न हुँदैन।’

साथै, उनले पछिल्लो समय इरान र इजराइलबीच बढिरहेको घटनाको विरुद्ध मानवअधिकार शान्ति समाज लगातार प्रर्दशनमा उत्रिरहेको भन्दै युद्ध रोक्ने उद्देश्यका साथ अगाडि बढेको बताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.