सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, खुल्न थाले पसल (तस्बिरहरू)
काठमाडौं। सरकारले माग सम्बोधन नगरेपनि सुनचाँदी व्यवसायीले हालका लागि आन्दोलन स्थगित गरेका छन्।
बुधबार सम्पन्न संयुक्त राष्ट्रिय भेलाले आन्दोलन रोक्ने निर्णय गरेपछि बिहीबारदेखि काठमाडौँसहित बागमती प्रदेशका पसल पुनः सञ्चालनमा आएका छन्।
महासंघले असार मसान्तसम्मका लागि अल्टिमेटम दिएको छ। व्यवसायीले सुनमा लगाइएको २५ विलासिता कर र हिरा–रत्नमा लगाइएको १३५ भ्याट हटाउन, साथै नेपाल–भारतबीच सुनको भन्सार दर समान बनाउन सरकारलाई आग्रह गरेका छन्। माग सम्बोधन नभए सशक्त आन्दोलनको चेतावनी दिइएको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment