धादिङको ज्वालामुखीमा बोलेरो दुर्घटना, १३ जना घाईते

डिसी नेपाल
१५ भदौ २०७६ १३:१४

काठमाडौँ । धादिङको ज्वालामुखीमा बोलेर दुर्घटना हुँदा १३ जना यात्रु घाईते भएका छन् ।

धादिङको खरीबाट बेसीतर्फ यात्रु बोकेर आउँदै गरेको ग १ ज ५४३१ बोलेरो गाडी ज्वालामुखी ६ धौखोला स्थित सडक खण्डमा दुर्घटना हुँदा १३ जना यात्रु घाईते भएका हुन् । गाडी सडकबाट ४ ५ मिटर तल खसेको छ ।

उक्त बोलेरो दुर्घटनामा परी ज्वालामुखी ५ का २९ वर्षीय सोम बहादुर मग्राती‚ २२ वर्षीया लक्ष्मी रोक्का‚ १२ वर्षीय रमेश रोक्का, २५ वर्षीया गीता रोक्का‚ २२ वर्षीय धन बहादुर दुवाडी‚ ६ वर्षीया रोचिता गुरुङ‚ १० वर्षीया सरिता रोक्का, १० वर्षीया पार्वती नेपाली‚ ५० वर्षीया देब कुमारी थापा मगर, ५० वर्षीया मायादेवी आले रोक्का‚ १० वर्षीय सुनिल बालकोटी‚ १३ वर्षीया सिर्जना नेपाली र बर्ष १७ वर्षीया सरस्वती गुरुङ रहेको छन्।

हाल घाईतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *