कालिगण्डकी करिडोर एकतर्फी रुपमा सञ्चालनमा

डिसी नेपाल
९ असार २०८२ ६:४६
44
Shares

गुल्मी। निरन्तर पहिरोले अवरुद्ध भएको कालिगणडकी करिडोर एकतर्फी रुपमा सञ्चालनमा आएको छ।

शुक्रबारदेखि जिल्लाको कालिगण्डकी गाउँपालिका वडानम्बर- १ गरगरे स्थित कालीगण्डकी करिडोर बाटोमा माथिबाट पहिरो आई सडक पूर्णरूपमा अवरुद्ध भएको थियो।

अवरुद्ध सडक तीन दिनपछि मात्रै एकतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाबहादुर सारुले बताए। बाटो खुलेसँगै रोकिएका सवारीसाधनहरु गन्तव्यतर्फ लागेका छन्।

निरन्तर ढुंगासहितको पहिरो झरिरहेकाले समयमै बाटो खुलाउन समस्या भइरहेको थियो। बर्खा सुरु भएसँगै करिडोरमा चट्टान सहितको सुख्खा पहिरोले समस्या हुँदै आएको छ।

सडक अवरुद्ध हुँदा जिल्लाको पुर्तिघाट, छिमेकी जिल्ला बागलुङ, स्याङ्जासँगै पोखरा पुग्ने सवारीसाधन गन्तव्यमा पुग्न कठिन हुने गरेको प्रहरीले जनाएको छ।

पछिल्लो समय गुल्मीबाट बागलुङ, स्याङ्जा, पोखरा लगायत काठमाडौं जान छिटो र सुरक्षित मानिएको करिडोर पहिरोले समस्या हुने गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *