अझै पुनः निर्माण हुन सकेन बाढीले बगाएका पनौतीका संरचनाहरु (तस्विरहरु)
काठमाडौँ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको रोशी–कोलाँती क्षेत्रमा बाढीले बगाएका संरचनाहरु अझै पुनः निर्माण हुन सकेका छैनन् । गत असोज १० देखि १३ गते तीन दिनसम्म परेको वर्षाले काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको रोशी–कोलाँती क्षेत्रमा ठुलो क्षति भएको थियो ।
पनौती नगरमा बाढीपहिरोका कारण १८ जनाको मृत्यु भएको थियो । पाँच सय ८६ घर पूर्ण तथा नौ सय ४४ घर आंशिक क्षति पुगेको थियो । उक्त क्षेत्रमा क्षेत्रमा बर्खा लागेसँगै भइरहेको अविरल वर्षाका कारण पुन बाढि आउन सुरु भइसकेको छ ।


















प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment