संसदमा आएका विधेयक हेरफेर हुनु गलत छ : शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसदको सर्वसहमति भएका समितिबाट पास भएका विधेयक संसद्मा आइसकेपछि हेरफेर हुनु अपराध भएको बताएका छन्।
मंगलबार वरिष्ठ लेखक तथा सुप्रसिद्ध साहित्यकार मधुसुदन पाण्डेयद्धारा लिखित, अनुदित, सम्पादित तथा सहलिखित ‘शताधिक पुस्तक लोकापर्ण समारोह २०८२’ कार्यक्रममा बोल्दै उनले समितिबाट संसदमा आएका विधेयक हेरफेर हुनु गलत भएको र कसैलाई क्षम्य नहुने बताएका हुन्।
उनले भने, ‘हामी कति गन्धा खेल खेलिरहेका छौ भन्ने कुरा अहिलेको घट्नाले पुष्टि गरेको छ। संसदको समितिबाट सर्वसहमतमा पास हुन्छ अनि संसद्मा आइसकेपछि हेरफेर हुन्छ त्यो त सरासर अपराधिक काम हो। को दोषि हो म भन्न सक्दिन। मलाई थाहा हुँदैन तर जो पनि दोषि हुन्छ उनीहरुलाई क्षम्य गर्न हुँदैन। यस्तो गर्न थाल्यो भने देश कता जान्छ ?’
उनले अहिले कसैले पनि राजनीतिक नगरेको भन्दै राजनीतिक गर्नेहरु निष्ठावान हुनुपर्ने बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment