कांग्रेसलाई लोकप्रिय र पहिलो पार्टी बनाउन मेरो उम्मेदवारी : डा. मिनेन्द्र रिजाल

डिसी नेपाल
२० असोज २०८३ १९:१६

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिएका नेता डा.मिनेन्द्र रिजालले पार्टीको ८० बर्षको इतिहासलाई नयाँ उर्जासँग जोडेर एकतावद्ध कांग्रेस बनाउन आफूले उम्मेदवारी दिएको बताएका छन्।

‘म सँग भएको अनुभव र साथीहरुले देखाउनुभएको उर्जा जोडेर अघि बढ्नुपर्छ। पार्टी एकता कमजोर हुँदा फागुन २१ को निर्वाचनमा पराजय व्यहोरेको छ। यस्तोबेला पार्टीलाई उर्जा चाहिएको छ, त्यसका लागि मेरो उम्मेदवारी हो,’ उनले भने।

कांग्रेसको उर्जा र अनुभवको संगमबाट एकतावद्ध बनाएर अघि लैजानुपर्ने भन्दै डा.रिजालले आगामी दिनमा लोकप्रिय र पहिलो पार्टी बनाउने उद्घोष पनि गरे।

मोरङ क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका उनले मंगलबार उपसभापति पदमा उम्मेदवारी दिएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *