धनुषाको धनौजीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

डिसी नेपाल
२० असोज २०८३ १९:०१
104
Shares

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर मण्डलसहित पाँच जना तथा दुई सञ्चार संस्थाविरुद्ध ३ लाख ८० हजार रुपैयाँ भ्रष्टाचारको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ मा डिप बोरिङ, कोल्डस्टोरको कम्पाउन्ड वाल र विद्यालय भवन निर्माणसम्बन्धी योजनाको बोलपत्र सूचना राष्ट्रिय दैनिकमा प्रकाशन गर्नुपर्नेमा सूचना लुकाई तथा फरक विवरण भएको पत्रिका प्रयोग गरी सार्वजनिक खरिद प्रक्रिया अपारदर्शी बनाइएको थियो।

यस प्रकरणमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मण्डल र सहलेखापाल विनोदकुमार मण्डललाई मुख्य कसुरदारका रूपमा ३ लाख ८० हजार रुपैयाँ बिगो कायम गरी कैद, जरिवाना र बिगो असुलउपरको मागदाबी गरिएको छ।

त्यस्तै, जनकपुर टुडे मिडिया ग्रुप प्रालि, अमृत मिडिया प्रालि तथा संलग्न व्यक्तिहरूलाई गैरकानुनी लाभ प्राप्त गर्ने कार्यमा मतियार भएको आरोप लगाइएको छ। आयोगले उनीहरूविरुद्ध पनि मुख्य कसुरदारसरह सजाय र बिगो असुलउपरको मागदाबी गरेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *