अब भारतबाट आउँदा पाँच हजार डलरसम्म ल्याउन पाइने

डिसी नेपाल
२० असार २०८२ १४:०९
516
Shares

काठमाडाैं। उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले भारतबाट नेपाल आउने व्यक्तिले पाँच हजार अमेरिकी डलर बराबरको रकम ल्याउन सक्ने व्यवस्था रहेको जानकारी दिएका छन्।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा पौडेलले भन्सारमा घोषणा नगरी पाँच हजार अमेरिकी डलर बराबरको मुद्रा भारतबाट ल्याउन सक्ने व्यवस्था गरिएको जानकारी दिए। त्यस्तै थप रकम ल्याउन चाहेमा भन्सारमा घोषणा गरेर ६ लाखसम्म भारतीय मुद्रा ल्याउन सकिने उनले बताए।

त्यस्तै उनले नेपालमा आउने पर्यटकको सहजताका लागि क्युआर र कार्डबाट निश्चित सीमासम्म भुक्तानी स्वीकार गर्ने व्यवस्था रहेको जानकारी दिए।

अर्थमन्त्री पौडेलले भारतीय पाँच सय रुपैयाँ नेपालमा ल्याउँदा, पछि भारतले फिर्ता नलिने भएकाले पाँच सयका भारतीय नोटलाई स्वीकार नगरिएको बताए। उनले भन्सार बिन्दुबाट गाडी प्रवेश गरेपछि ठाँउ ठाँउमा चेकजाँच गर्नु नपर्ने व्यवस्था गरिएको उल्लेख गरे।

बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयकमाथि संशोधनकर्ता सदस्यहरूसँगको छलफलका क्रममा पौडेलले बैंक तथा वित्तीय क्षेत्रमा देखिएका समस्या समाधान गर्नकै लागि सरकारले कानून बनाउन खोजिएको बताए।

व्यक्तिले जम्मा गरेर राखेको कालोधनलाई कर तिरेर वैध गर्ने प्रस्ताव निकै गम्भीर रहेकाले यस प्रकारको छलफलले समेत नेपाललाई ग्रे लिष्टबाट बाहिर निस्कन थप समस्यामा पार्न सक्ने उनले उल्लेख गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.