कांग्रेस महाधिवेशनको आजको बन्द सत्र सकियो, भोलि प्रस्ताव पारित गर्ने तयारी

डिसी नेपाल
२० असोज २०८३ १६:५६
4
Shares

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तेस्रो दिन मंगलबार बसेको बन्द सत्रको छलफल सकिएको छ। बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले पार्टीका विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथि व्यापक छलफल गरेका छन्।

बन्द सत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’ सम्बन्धी समसामयिक प्रस्ताव, महासचिव गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल भएको हो। छलफलमा सातै प्रदेशका साथै पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए।

आजको बन्द सत्र स्थगित गर्दै भोलि असोज २१ गते बिहान १०:३० बजे पुनः छलफल सञ्चालन गर्ने तय भएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्। भोलिको सत्रको सुरुवातमा सभापति गगनकुमार थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ।

भोलिको बन्द सत्रले प्रस्तुत राजनीतिक प्रस्ताव, समसामयिक प्रस्ताव तथा विभिन्न प्रतिवेदन पारित गर्ने कार्यक्रम रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *