खानेपानी मन्त्री यादव स्वदेश फिर्ता
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव आज स्वदेश फिर्ता भएका छन्।
संयुक्त राष्ट्रसंघको आयोजनामा ३० जुनदेखि ३ जुलाई २०२५ सम्म स्पेनको सेभिल्लामा सञ्चालन भएको विकासका लागि वित्तीयकरण शीर्षकको चौथो अन्तर्राष्ट्रिय सम्मेलनको छलफल कार्यक्रमा सहभागी हुन मन्त्री यादव यही असार १५ गते त्यसतर्फ प्रस्थान गरेका दिए।
मन्त्री यादवका निजी सचिव एवं उपसचिव भक्तराज जोशीका अनुसार उक्त सम्मेलनमा भाग लिनका लागि मन्त्री यादव सहित मन्त्रालयका सचिव ईञ्जिनियर प्रमिलादेवी शाक्य बज्राचार्य समेत स्पेन प्रस्थान गरेका थिए।
उक्त कार्यक्रममा नेपालको राष्ट्रिय प्रतिवद्धता सबैका लागि सुरक्षित खानेपानी र सरसफाइ सुनिश्चित गर्नेबारे अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराइएको खानेपानी मन्त्रालयले जनाएको छ।
सम्मेलनमा विश्वका सबै सरकारका नेताहरू, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज र संयुक्त राष्ट्र प्रणालीका सम्बन्धित प्रतिनिधिहरू सहभागी रहेको थियो।
आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री यादव तथा सचिव ई प्रमिलादेबी शाक्य बज्राचार्यलाई मन्त्रालयका निमित्त सचिव एवं सहसचिव ई मीना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ लगायतले स्वागत गरेका थिए।







डिसी नेपाल







Facebook Comment