‘जलविद्युत्को सेयरमार्फत जनतालाई समृद्ध बनाउन सरकार प्रयासरत छ’

डिसी नेपाल
२० असार २०८२ २२:२४
24
Shares

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युत् आयोजनाको सेयरमार्फत गरिब तथा विपन्न नागरिकलाई समृद्ध बनाउन सरकार प्रयासरत रहेको बताएका छन्।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा सोमबारदेखि जारी बैठकमा आज आफ्नो धारणा राख्दै कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका मन्त्री खड्काले गरिब तथा विपन्न जनतालाई सेयरमार्फत समृद्ध बनाउनेगरी सरकारले कार्ययोजना बनाएको उल्लेख गरे।

नेता खड्काले पार्टीले लिएको समाजवादको सिद्धान्तलाई अवलम्बन गर्दै समृद्ध मुलुक निर्माणमा आफूले काम गरिरहेको बताए। ‘जलविद्युत् क्षेत्रमार्फत मुलुकको विकास सम्भव छ, म मन्त्री भएर आएपछि भारतसँगै बंगलादेशमा समेत विद्युत् निर्यात सुरु गरेका छौँ, उक्त कार्यसँगै त्रिदेशीय विद्युत् व्यापार भएको छ’, उनले भने।

उनले भारत र भारत हुँदै बंगलादेश विद्युत् निर्यातका लागि ठूला प्रसारण लाइन निर्माणमा महत्त्वपूर्ण सम्झौता भई र प्रसारण लाइन निर्माण अगाडि बढेको जानकारी गराए। यस्तै विद्युत् उत्पादन तथा व्यापारका लागि चीनसँग सकारात्मक छलफल भएको उनले बताए।

नेता खड्काले आफू मन्त्री भएपछि ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ऐतिहासिक र उत्कृष्ट काम भएको बताए। आगामी आर्थिक वर्षका लागि आफ्नो मन्त्रालयले समानुपातिक ढंगले बजेट विनियोजन गरेको उनको भनाइ थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.