उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री

डिसी नेपाल
२७ असार २०८२ ११:३९
16
Shares

ललितपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि केही गर्नुपर्ने बताएका छन्।

महिला उद्यमी महासंघले आयोजना गरेको अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन, २०८२ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले समृद्धिका लागि सँगै काम गरेर सफलता हासिल गर्नुपर्नेमा जोड दिएका हुन्।

“हामीले उद्यमशीलताको विकासबाट समृद्धि हासिल गर्नुपर्नेछ। सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च महत्व दिएको छ। यस सम्मेलनबाट आउने निष्कर्षले सरकारको प्राथमिकता पूरा गर्न सघाउने छ।”, प्रधानमन्त्री ओलीले भने, “हामीले महिलाको सशक्तिकरणका लागि संविधान र व्यवहारमा व्यवस्था गर्दै आएका छौं। तीनै तहमा कम्तीमा ३३ प्रतिशत जनप्रतिनिधि सुनिश्चित गरेका छौं। विद्यालयमा छात्राहरुको संख्या छात्रहरुको भन्दा बढी छ। नतिजामा पनि छात्राहरुको राम्रो हुँदै गएको छ। हामीले अझै प्रगति हासिल गर्दै जानुपर्नेछ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *