नेपाललाई परिणाममुखि योजनाको आवश्यकता छ : पूर्वमन्त्री पोखरेल

डिसी नेपाल
२७ असार २०८२ १८:५६
12
Shares

काठमाडौं । पूर्वमन्त्री आनन्द पोखरेलले नेपाललाई परिणाममुखि योजनाको आवश्यकता भएको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित तामाकोशी–३ पिआरओआर जलविद्युत परियोजना (३९७.४० मेगावाट) सम्बन्धी छलफल कार्यक्रममा उनले नेपाल विजुलीमा आत्मनिर्भर बनाउने र इन्धनको विकल्पमा विद्युतलाई प्रयोग गर्ने हो भने परिणाममुखि योजनाको आवश्यकता भएको बताए।

उनले भने, ‘अब नेपाललाई के चाहिएको छ भने परिणाममुखि योजना चाहिएको छ। यदि नेपाल विजुलीमा आत्मनिर्भर बनाउने हो भने र इन्धनको विकल्पमा विद्युतलाई प्रयोग गर्ने हो भने हामीलाई परिणाममुखि योजना चाहिन्छ।’

यस्तै, उनले तामाकोशी जलविद्युत परियोजनाले नेपालको अर्थतन्त्रलाई कति योगदान गरेको छ भन्ने कुरामा पनि सबैको ध्यान जानुपर्ने बताए।

सोही क्रममा पूर्वमन्त्री पार्वत गुरुङ्ले तामाकोशी बहुआयामिक प्रोजेक्ट भएको भन्दै यसले दोलखा पर्यटकको हब बनाउनुको साथै लाखौं मान्छेलाई रोजगारी पनि दिने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *