अर्घाखाँची सिमेन्टले नौं महिनामै गर्यो ३ अर्ब ९६ करोडको व्यापार
काठमाडौं। अर्घाखाँची सिमेन्टले नौं महिनामै ३ अर्ब ९६ करोड रुपैयाँको व्यापार गरेको छ। उद्योगले आर्थिक वर्ष २०२४-२५ को नौं महिनामा ३ अर्ब ९६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको हो।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले गरेको रेटिङ अनुसार उद्योगले सो बरारबको व्यापार गरेको पाइएको हो। यस कम्पनीले ४ अर्ब ३५ करोड ७० लाख रुपैयाँ बैंकिङ कर्जा प्रयोजनका लागि रेटिङ गराएको हो।
कम्पनीले सन् २०२४ मा ६ अर्ब ६ करोड ६० लाख, २०२३ मा ५ अर्ब ७७ करोड २० लाख, २०२२ मा ७ अर्ब ५८ करोड ९० लाख र सन् २०२१ मा ८ अर्ब ७० करोड ४० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो।
तर, हाल आर्थिक मन्दीका कारण निर्माण कार्यहरु सुस्त भएको र सिमेन्ट उद्योगहरुको आन्तरिक रुपमा भइरहेको अस्वस्थ प्रतिस्पर्धाका कारण विगतको तुलनामा व्यापार घटेको देखिएको हो।
यो उद्योग सिद्धार्थ ग्रुप, केडिया अर्गनाइजेसन र मुरारका समूहजस्ता अनुभवी व्यावसायिक घरानाद्वारा सञ्चालित छ। उद्योग सञ्चालकहरु निर्माण, व्यापार, बैंकिङ, बिमालगायतका क्षेत्रमा लामो समय अनुभव सँगालेका व्यक्ति तथा संस्था हुन्।
अर्घाखाँची सिमेन्टमा सिद्धार्थ ग्रुपको ३५ प्रतिशत, मुरारका ग्रुपको ३० प्रतिशत, केडिया अर्गानाइजेसनको १७.५ प्रतिशत र भारतीय सिमेन्ट उद्योग उम्मा सिमेन्ट इन्टरनेसनलको १७.५ प्रतिशत सेयर स्वामित्व छ। उद्योगले प्रतिवर्ष १ मिलियन टन क्लिंकर र सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment