‘घुसकाण्ड’ मा मुछिएका सामान्य प्रशासन मन्त्री गुप्ताले दिए राजीनामा

डिसी नेपाल
३१ असार २०८२ ११:४५
164
Shares

काठमाडौं।  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री केपी ओलीसम्म राजीनामा बुझाएका छन्।

मंगलबार घुस लेनदेनसम्बन्धी अडिओ प्रकरणमा मुछिएका मन्त्री गुप्ताले सामाजिक सञ्जालमार्फत आफूमाथि लागेका आरोप अनुसन्धानमा सहयोग पुगोस् भनी राजीनामा दिएको जानकारी दिएका छन्।

उनले कहिले काहीं नखाएको विष पनि लाग्ने भन्दै अहिले आफू त्यसैको शिकार भएको बताएका छन्।

उनले लेखेका छन्, ‘बिगत केही दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिलसगै जोडेर प्रचारमा आएको कुरा सबैलाइ बिदितै छ। कहिले काहीं नखाएको बिष पनि लाग्दो रहेछ। म अहिले त्यसैको शिकार भए। अब लागेका आरोप अनुसन्धान गरि सत्यतथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस भनेर सम्माननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा गरेको छु। प्रबिधिको उच्चतम प्रयोगको शिकार अब अरु कोहि पनि नबनुन भन्ने अपेक्षा गर्दै आजसम्मा बिभिन्न रुपले आफुलाई सहयोग गर्नुहुनेहरुलाइ हार्दिक धन्यबाद ब्यक्त गर्दछु। अब फेरि एकपटक देश र जनता प्रति थप जिम्मेवारी बोधका साथ पार्टिले दिएको जिम्मेवारी इमान र निस्ठाको साथ पुरा गर्ने प्रतिबद्धताको साथ जनताको घर दैलोमा आउने प्रण गर्दछु।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *