नेपाली कांग्रेसमा क्रियाशील सदस्य ९ लाख ६९ हजार नाघ्यो

डिसी नेपाल
१९ असोज २०८३ १९:१९

काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यको संख्या ९ लाख ६९ हजार ८४२ पुगेको छ। पार्टीको जारी १५औँ महाधिवेशनको दोस्रो दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले क्रियाशील सदस्यताको अध्यावधिक विवरण सार्वजनिक गर्नुभएको हो।

कांग्रेसको १४औँ महाधिवेशनमा क्रियाशील सदस्यको संख्या ८ लाख ७० हजार रहेकोमा १५औँ महाधिवेशनसम्म आइपुग्दा करिब १ लाख नयाँ सदस्य थपिएका छन्।

नयाँ पुस्ता (जेनजी) लाई पार्टीमा आकर्षित गर्ने र उनीहरूलाई केन्द्रीय समितिसम्म नेतृत्वमा ल्याउने योजनाका कारण सदस्यतामा उल्लेख्य वृद्धि भएको प्रवक्ता चालिसेले जानकारी दिए।

यसैबीच, १५औँ महाधिवेशनअन्तर्गत सोमबार बन्दसत्र जारी रहेको छ। बन्दसत्रमा सभापति गगन थापाद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनसहित विभिन्न चारवटा महत्त्वपूर्ण प्रतिवेदनमाथि प्रतिनिधिहरूबीच छलफल भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *