बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ
काठमाडौं। प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार रहेका एक जनालाई पक्राउ गरेको छ। पक्राउपर्नेमा बाँकेका दीपेन्द्र शाही रहेका छन्। उनलाई काठमाडौं महानगरपालिका-१० स्थित बुद्धनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेको पत्रका आधारमा शाहीलाई पक्राउ गरिएको परिसरका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए। प्रहरीका अनुसार शाहीविरुद्ध रु एक करोड ५० लाख बिगो रकम कायम गरिएको बैंकिङ कसुर मुद्दा रहेको छ।
पक्राउ परेका शाहीलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment