चालु आर्थिक वर्षको अन्तिम दिन सुनको मूल्य घट्यो

डिसी नेपाल
३२ असार २०८२ ११:२९
320
Shares

काठमाडौं। चालु आर्थिक वर्षको अन्तिम दिन नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको हो।

मंगलबार प्रतितोला एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९२ हजार रुपैयाँमा कारोवार भैइरहेको छ।

आज चाँदीको भाउ पनि घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको हो। मंगलबार प्रतितोला २ हजार २ सय ७५रुपैयाँमा कारोवार भएको चाँदी आज २ हजार २ सय ६० रुपैयाँमा कारोबार भैइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.