एमाले पोलिटब्युरो बैठक आज बस्दै
फाइल तस्वीर
काठमाडौं। नेकपा (एमाले) को पोलिटब्युरो बैठक बस्दैछ। बैठक आज दिउँसो १ बजे बस्नेछ।
बैठकमा पार्टीको विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ। यसअघि बिहीबार बसेको सचिवालय बैठकमा विधानमा रहेको ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पेश भएको थियो।
यस्तै पार्टीको केन्द्रीय पदाधिकारीको संख्या ११ बाट बढाएर १५ पुर्याउने प्रस्तावमा पनि नेताहरूबीच सहमति जुटेको बताइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment