अर्घाखाँचीमा बस दुर्घटना हुँदा १६ जना घाइते, ६ जनाको अवस्था गम्भीर

डिसी नेपाल
२० कार्तिक २०८३ १८:०८

काठमाडौं । अर्घाखाँचीको शितगंगा नगरपालिका–२ भुवनपाटामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। दुर्घटनामा परेकामध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

पश्चिम नवलपरासीको सुनवलबाट यात्रु लिएर सुपादेउराली दर्शनका लागि आएको रिजर्भ लु २ ख ३७२ नम्बरको बस ब्रेक फेल भएपछि दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

बसले पहिले मोटरसाइकललाई ठक्कर दिएको र त्यसपछि अनियन्त्रित भएर सडक छेउको भित्तामा ठोक्किएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक लक्ष्मीप्रसाद पन्थीले जानकारी दिएका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई थप उपचारका लागि बुटवल पठाइएको छ। अन्य घाइतेहरूको ठाडा प्राथमिक उपचार केन्द्रलगायतका स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

मोटरसाइकलको पछाडि सवार एक पुरुषसमेत दुर्घटनामा परी घाइते भएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *