सुविधा सम्पन्न बन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, यसरी हुँदैछ क्षमता विकासको काम

डिसी नेपाल
२ साउन २०८२ ८:३३
352
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो सबैभन्दा ठूलो र महत्वपूर्ण मानिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्षमता अभिवृद्धिको काम तोकिएको समयमा नै सम्पन्न गर्ने दाबी गरेको छ ।

आयोजनाका निर्देशक दिपेन्द्र श्रेष्ठले आयोजनाको म्याद२०२६ अक्टोबर २ सम्म रहेको भन्दै तोकिएको समयमा नै काम सम्पन्न गर्ने दाबी गरेका हुन् ।आयोजना करिब १५ अर्बको लागतमा सुरु भएको हो । लागत थप नगरी यसै लगानी भित्र काम सम्पन्न गर्ने पनि उनको दाबी छ ।

उनले भने, ‘यो कामको म्याद२०२६ अक्टोबर २ सम्महो । अहिलेसम्मको कामको तिव्रता हेर्दा जुनम्याद छ त्यो बेलासम्म सबै काम सकिन्छ ।तीनवटा नै ठेक्का सहित १५ अर्बको लगानी छ । लागतमा पहिला जे योजना छ, त्यसभित्रै सकिन्छ ।लागत खासै थप्ननपर्ला । गुणस्तर र समयको हिसाबले सुरुमा तोकिएको मितिमा सक्नेछौं । केही समय अगाडि सम्म विमानस्थलमा क्षमता अभिवृद्धिको काम तिव्र रुपमा भइरहेको थियो । तर मनसुन सुरु भएसँगै काम बन्द गरिएको छ । मनसुन सुरु हुँदा काम नै रोक्नुपर्ने अवस्था किन आउँछ भन्ने प्रश्नमा उनले भने, ‘मनसुनले काममा अवरोध गर्छ । माटो फिलिङ गर्ने कामहरु गर्न मिल्दैन् ।दिर्घकालिन योजना भएकाले मनसुनको बेला काम गर्दा गुणस्तर कायम गर्न सकिँदैन् । त्यो कारणले काम गर्न नसकेको हो ।’

उनका अनुसार मनसुन सक्केपछि फेरि निर्माण कार्यलाई तिव्रता दिइने छ ।
विमानस्थल जस्तो संवेदनशिल क्षेत्रमा गरिने निर्माणका कामहरु एकदमै चुनौतीपूर्ण रहेको उनी बताउँछन् । जहाजको अपरेसनर सेफ्टीलगायत सबै कुरामा समस्या नआउने गरी काम गर्नुपर्ने हुनाले चुनौतीपूर्ण रहेको उनको भनाइ छ ।

उनले भने, ‘विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा काम गर्नु आफैंमा चुनौतीपूर्ण छ । जहाजको अपरेसनर सेफ्टी सबै कुरामा कुनै समस्या नआउने गरी काम गर्नुपर्छ ।खतराहरु पत्ता लगाउने र त्यसलाई घटाएर कुनै खतरा उत्पन्नन हुनेगरी काम गर्नुपर्ने हुन्छ ।त्यो हामीले गरिरहेकाछौं ।’

निर्देशक श्रेष्ठका अनुसार प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनलएप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ गरी तीनवटा ठेक्कामा विस्तारको काम गरिरहेको हो ।

तीनवटै आयोजना सम्पन्न भएपछि रनवेको,क्षमता बढ्नुका साथै पार्किङको अभावले हवाईहरु आकाशमा होल्ड गर्नु पर्ने समस्या समाधान हुने उनी बताउँछन् ।श्रेष्ठका अनुसार यी तीनै वटा काम रनवेबाट७५ मिटर दूरी र अपरेशनल क्षेत्रसँग जोडिएको छ।

प्रोजेक्ट ‘इन्टरनेशनलएप्रोन’
हाल विमानस्थलको उत्तरतर्फको ‘इन्टरनेशनलएप्रोन’प्रोजेक्टको काम भइरहेको छ । २०२० बाट यो प्राजेक्ट सुरु भएको आयोजनाका इन्जिनियर निर्मल पौडेललले जानकारी दिए । उनका अनुसार यसको मूख्य काम भनेको पार्किङ स्थल थप्ने हो ।जमिनको सतहदेखि ३० मिटरसम्म माथि उठाएर पार्किङ स्थल थप्ने काम गरिएको हो । यही प्रोजेक्ट अन्तर्गत आयल निगम उत्तरतर्फ सार्ने तयारी भइरहेको छ ।त्यसको लागि जग्गा उपलब्ध गराएर चार किल्लाहरु पनि निर्धारण गरिएको छ ।

उनले भने,‘२०२० बाट प्रोजेक्ट सूरु भएको हो । यसको मूख्य काम भनेको पार्किङ स्थल थप्ने हो । जमिनको सतहदेखि ३० मिटरसम्म इम्याक्मेन्ट फिलिङ गरेर २० लाख घनमिटर जति इम्याक्मेन्टफिल गरेर त्यसमा तहगत रुपमा दिनरात तीनसिफ्ट नै काम गरेर हालको चरणसम्म आइपुगेका छौं । ट्याक्सी कनेक्सनका कामहरु सकिसकेका छन् । मास्टर प्लानसँगैको कामहरुमा आयल निगमको फिलफार्म पनि रिलोकेट गर्ने चरणमा छौं । आयल निगमको लागि जग्गा उपलब्ध गराएर चार किल्लाहरु पनि निर्धारण गरिसकेका छौं । आयल निगमले यहि आर्थिक वर्षबाट आफ्नो टेन्डर प्रक्रियाबाट फिलफार्मका कामहरु अघि बढाउँदै छ ।’

इन्जिनियर पौडेलले यस प्रोजेक्टको ८० प्रतिशत काम सम्पन्न गरेको जनकारी दिए । यो प्रोजेक्ट सम्पन्न भएपछि अहिले ट्राफिक जामले गर्दा जहाजहरु होल्डमा हुने समस्या कम हुने, भीडभाड न्यून हुने र सुरक्षित पनि हुने उनले जानकारी दिए ।

उनले भने,‘समग्र आयोजना अन्तर्गतको यो प्रोजेक्टको ८० प्रतिशत काम सकिएको छ । डिसेम्बर २०२५मा काम सक्ने मिति छ । यो प्रोजेक्ट सम्पन्न भएपछि एयरपोर्टको सेवा सुविधा बढाउछ । अहिले ट्राफिक जामले गर्दा जहाजहरु होल्डमा हुने समस्या थियो पार्किङ एप्रोन भएपछि त्यसले भीडभाड कम हुने गर्छ । सुरक्षा पनि बढाउछ,’उनले भने ।

उनले माटोको गुणस्तर परीक्षण गरेर मात्र ल्याउनुपर्ने भएकाले सबैभन्दा जटिल काम माटोको भएको बताए । माटोको लागि ३३÷३४ वटा साइडहरु अनुगमन गरेर साँगा र टिकाथलीलगायतका ठाउँहरुबाट ल्याइएको उनले बताए ।

‘ट्याक्सीवे’प्रोजेक्ट
विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’अर्को महत्वपूर्ण पोजेक्ट हो । जसले हवाईको रनवेको २० देखि २५ प्रतिशतसम्म क्षमता वृद्धि हुन्छ । पहिला एक सय १० मिटरको अन्तर्राष्ट्रिय मापदण्ड विपरीत ट्याक्सीवे रहेको बताउँदै पौडेलले अहिले एक सय ७२ मिटर पुर्याएर ट्याक्सीवे’को विस्तार भइरहेको जानकारी दिए ।

उनले भने, ‘यो पोजेक्टको लक्ष्य भनेको अहिले भइरहेको रनवेको क्षमतावृद्धि गर्नु हो ।अहिले भइरहेको रनवे र ट्याक्सीवे अन्तर्राष्ट्रिय मापदण्ड अनुसार थिएन ।पहिला एक सय १० मिटर थियो भने अहिले एक सय७२ पुर्याएर‘ट्याक्सीवे’को विस्तारको काम भइरहेको छ ।’

उनका अनुसार ‘ट्याक्सीवे’विस्तारमा ११सय मिटर आरीवाल निर्माणसँगै ६० प्रतिशत काम सम्पन्न भएको छ । यो प्रोजेक्ट सम्पन्नसँगै हवाइ टेकअफको लागि लाइनमा बस्नुपर्ने समस्या समाधान हुनेछ । ट्याक्सीवे र धावनमार्गमा अहिले ठूला जहाज एकै पटकओहोर दोहोर गराउन सकिँदैन । तर यसको विस्तारसँगै अब ट्याक्सीवे र धावनमार्गमा अहिले ठूलाजहाज एकै पटक ओहोरदोहोर गराउन सकिने छ ।

‘ह्याङ्गर एप्रोन’प्रोजेक्ट

विमानस्थलको पूर्वतर्फक ‘ह्याङ्गर एप्रोन’ प्रोजेक्ट अन्तर्गतमा विस्तारको काम भइरहेको छ । ह्याङगर एप्रोन १ र २ गरी दुईवटा काम त्यहाँ भइरहेको छ ।ह्याङगर एप्रोन १ को उद्देश्य मेन्टिनेन्स एप्रोन हो ।यहाँ जहाजहरुको मर्मतका लागि पार्किङ स्थल बन्दैछ । जहाँ ४० प्रतिशत काम सम्पन्न भएको छ ।
इन्जिनियर उमेश श्रेष्ठका अनुसार ट्याक्सीवे क्यू रन वेको सेन्टरबाट करिब ७५ मिटरको दुरीमा रनवे अपरेसनमा नै हुँदाखेरी निर्माण कार्य सम्भव हुँदैन ।निर्माणका कामको लागि गत नोभेम्बरदेखि मार्च ३१ सम्म रन वे नै १० घण्टाको लागि बन्द गरेर रातमा काम गरिएको थियो।

उनले भने, ‘यो एडिभीको लोनबाट चलिरहेको दुईवटा प्रोजेक्टमध्ये ओसीभी–२ भन्ने कन्ट्रयाक्ट हो ।जसमा दुईवटा ह्याङगर एप्रोनको निर्माण हुँदैछ । ह्याङगर एप्रोन १ को उद्देश्य भनेको मेन्टिनेन्स एप्रोन हो ।यहाँ जहाजहरुको मर्मतको लागि पार्किङ गरेर मर्मत गर्न सकिने स्थल बन्दै छ । त्यसको निर्माणले ट्याक्सीवे क्यू रन वेको सेन्टरबाट करिब ७५ मिटरको दुरीमा रनवे अपरेसनमा नै हुँदाखेरी निर्माण संभव हुँदैन । सम्भव नहुने भएकाले गत नोभेम्बरदेखि मार्चको ३१ सम्म रनवे नै १० घण्टाको लागि रातिबन्द गरेर काम गरेका थियौं ।’ गतमंसिर १७गते रातिदेखि विमानस्थल बन्द गरेर काम सुरु गरिएको थियो । तरकरिब १० फिट हाइटसम्म एकैरातमा खनेर नसकिने भएपछि त्यसलाई विभाजन गरेर भोलिपल्टफेरि रनवे दिनेगरी रातमा काम सुरु गरेको श्रेष्ठले बताए ।

जहाँ संस्कृति, पर्यटनतथानागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले अनुगमन समेत गरेका थिए ।हवाइ उड्डयन क्षेत्रलाई व्यवस्थित र सुविधा सम्पन्न बनाउने गरी विभिन्न योजना अघि सारेका मन्त्री पाण्डेले काठमाडौंसँगै पोखरा, भैरहवाबाट अन्तर्राष्ट्रिय उडानका लागि कार्ययोजना बनिसकेको जानकारी दिए । जसका लागि विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीसँग निरन्तर छलफल भइरहेको, विमानस्थललाई दिगो रूपमा सञ्चालन का लागि कार्ययोजना स्वीकृत भई कार्यान्वयनमा ल्याइएको पनि बताए ।

पाण्डेले काठमाडौंको निर्माणकार्य तीब्र गतिमा भइरहेको र समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे । जनशक्ति र उपकरणको प्रभावकारी परिचालन गरेर गुणस्तरीय रुपमा काम भइरहेको उनको भनाइ छ ।

आर्थिक बर्ष २०८२÷८३ को बजेटमा पनि मन्त्रालयका लागि १३ अर्ब २८ करोड बजेट विनियोजन गरिएको मध्ये, आन्तरिक विमानस्थलको वैकल्पिक परियोजना बनाउने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार गरी वुटिक विमानस्थलमा विकास गरिने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटकीय हबमा विकास गरिने, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कार्गो सेवा सञ्चालनमा सहजीकरण गरिने, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाइने नेपालमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गरिरहेका वायुसेवा कम्पनीहरूलाई भैरहवा र पोखरा विमानस्थलबाटनिश्चित सङ्ख्यामा उडान सञ्चालन गर्न थप प्रोत्साहन र सहुलियत दिइने लगायतका महत्वपूर्ण योजनाहरु अघि सारिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.