न्यायाधीश लम्सालले दिए राजीनामा
काठमाडौं । उच्च अदालतका न्यायाधीश भरत लम्सालले पदबाट राजीनामा दिएका छन्। उनले आजदेखि लागू हुने गरी राजीनामा बुझाएका हुन्।
स्वास्थ्य अवस्था र पारिवारिक कारण देखाउँदै न्यायाधीश लम्सालले राजीनामा दिएको गरेको सर्वोच्च प्रशासनले जनाएको छ।
न्यायाधीश लम्साल हाल उच्च अदालत विराटनगरअन्तर्गतको अस्थायी इजलास ओखलढुंगामा कार्यरत थिए। उनी न्याय सेवाबाट राजीनामा दिँदा उनको कार्यकाल अझै एक वर्ष बाँकी रहेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment