कर्णालीका पत्रकारको स्वास्थ्य वीमा, सुरक्षा र संरक्षण अपरिहार्य छ : मुख्यमन्त्री कँडेल
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशका पत्रकारहरुको स्वास्थ्य वीमा गरेको छ। आर्थिक बर्ष २०८१/०८२ को बार्षिक कार्यक्रम अन्तर्गत कर्णाली प्रदेशका ६ सय ९३ पत्रकारको स्वास्थ्य वीमा गरिएको हो।
वीमा कार्यक्रमबाट कर्णालीका पत्रकारले औधोपचारमा सुविधा पाउने छन्। राष्ट्रिय वीमा कम्पनीमा गरिएको वीमावाफत् हरेक पत्रकारले वार्षिक ७० हजारको उपचार खर्च दावी गर्न पाउनेछन्।
आईतबार प्रदेश सरकारले गरेको वीमाको विमालेख हस्तान्तरण गर्दै कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले पत्रकारको सुरक्षामा राज्यको भूमिका हस्तक्षेप नभई संरक्षण आवश्यक भएको बताए।
पत्रकारिता पेशा जोखिमपूर्ण भए पनि लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै स्वतन्त्र पत्रकारिताका माध्यमबाट कर्णाली र मुलुकको समृद्धिमा टेवा पुग्ने बताए। ‘पत्रकारिता पेशामा कहहि जोखिमशरु पनि होलान् तर यो पेशा जनताको आवाज बुलन्द पार्ने पेशा हो‘, उनले भने, ‘प्रदेश सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहँदै पत्रकारिताको बिकास र पत्रकारको पेशागत सुरक्षाका लागि गम्भीर छ।‘
स्वास्य्थ बीमा कार्यक्रमले पत्रकारको सुरक्षाप्रति सरकारको दायित्वबोध, लोकतान्त्रिक मूल्य र मानव अधिकारको पक्षमा सरकारको प्रतिबद्धता पूरा हुने मुख्यमन्त्री कँडेलले विश्वास व्यक्त गरे।
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको सहकार्यमा प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयमार्फत निशुल्क रूपमा सञ्चालन गरिएको हो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment