लुम्बिनीमा लोसपाका सन्तोष पाण्डे मन्त्री नियुक्त
Oplus_16777216
बुटवल । लुम्बिनी प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सन्तोष पाण्डे मन्त्री नियुक्त भएका छन्। उनलाई मुख्यमन्त्री चेतनारायण आचार्यले आज युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका हुन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्याालयले पाण्डेलाई मन्त्री नियुक्त गरेको जानकारी आजै इमेलमार्फत प्रदेश प्रमुखको कार्यालयलाई गराइसकिएको बताइएको छ।
पाण्डेको दल लोसपा प्रदेश सरकारको बजेटमाथि छलफल भइरहेका बेला एकाएक सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। लुम्बिनीमा लोसपाका तीन सांसद रहेका छन्। पाण्डे दलको नेतासमेत हुन्।
उनको शपथग्रहण भोलि सोमबार दिउँसो ३ बजे हुने भएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment