रिज लाइन इ्रनर्जीले सर्वसाधारणका लागि आईपीओ जारी गर्दै

डिसी नेपाल
१२ साउन २०८२ १०:०५
176
Shares

काठमाडौं। रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ।

कम्पनीले आईपीओ निष्कासनका लागि विशेष प्रस्ताव पारित गर्न आगामी भदौ ४ गते ललितपुरमा रहेको होटल हिमालयमा साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। कम्पनीको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो।

सभाले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन गर्ने र आईपीओबाट प्राप्त हुने रकमको उपयोग गर्ने विशेष प्रस्ताव पारित गरिने बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *