नेप्सेसँगै कारोबार रकम पनि घट्यो

डिसी नेपाल
१२ साउन २०८२ १६:०९
40
Shares

काठमाडौं। साताको दोस्रो कारोबार दिन नेप्से परिसुचक २.०७ अंकले घटेको छ। नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ।

आज नेप्से परिसुचक घटेसँगै २९६२.१३ अंकमा पुगेर रोकिएको छ। आइतबार नेप्से परिसुचक २९६४.२० बिन्दुमा रोकिएको थियो। यस दिन कुल ३२१ स्टकको १९ अर्ब ३६ करोड ८ लाख ७३ हजार ३४ रुपैयाँ बराबरको ४ करोड ४१ लाख २४ हजार ९२४ कित्ता शेयर कारोबार भएको छ। अघिल्लो कारोबार दिन भने साढे २६ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

आज सेन्सेटिभ इन्डेकस ०.७८ अंकले घटेको छ। फ्लोट इण्डेक्स ०.३७ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.३७ अंकले घटेको छ। यसदिन समता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेड, सान्भी इनर्जी र ट्रेड टावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

समता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ११४.२० रुपैयाँले बढेर १२५६.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ। सान्भी इनर्जी लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ६३.०२ रुपैयाँले बढेर ६९८.६२ रुपैयाँमा अन्तिम कारोबार भएको छ र ट्रेड टावर लिमिटेडको शेयर मुल्यपनि प्रतिकित्ता ६७.९४ रुपैयाँले बढेर ७८०.९४ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यसदिन बिन्ध्यवासिनी हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ। यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ८.४९ प्रतिशतले घटेर ६२३.७५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। ग्रिनभेन्चरर्स लिमिटेडको शेयर मूल्य ५.०८ प्रतिशतले घटेर ६००.४७ रुपैयाँमा अन्तिम कारोबार भएको छ। यसदिन शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी लिमिटेड, नाग्दी ग्रुप पावर र लुम्बिनी विकास बैंकको शेयर सबैभन्दा धेरै कारोबार भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *