पेट्रोलको मूल्य घट्यो, डिजेल, मट्टितेल र हवाई ईन्धनको मूल्य बढ्यो
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ भने डिजेल, मट्टितेल र हवाई ईन्धनको मूल्य बढाएको छ।
निगम सञ्चालक समितिको बैठकले बिहीबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु २ बढाएको छ। यस्तै पेट्रोल भने प्रतिलिटर रु १ घटाएको छ।
निगमले हवाई इन्धनको मूल्य पनि बढाएको छ। हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिर रु ३ र अन्तरराष्ट्रियतर्फ अमेरिकी डलर २१ ले बढाइएको निगमले जनाएको छ।
नयाँ मूल्यसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा डिजेल र मट्टितेल क्रमशः प्रतिलिटर एक सय ४७ रुपैयाँ ५० पैसा, एक सय ४९ रुपैयाँ र एक सय ५० रुपैयाँ तथा पेट्रोल क्रमशः प्रतिलिटर एक सय ५६ रुपैयाँ ५० पैसा, एक सय ५८ रुपैयाँ र एक सय ५९ रुपैयाँ तोकिएको छ।
आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर एक सय २८ रुपैयाँ कायम भएको छ। अन्तरराष्ट्रियतर्फको हवाई इन्धन प्रतिकिलोलिटर काठमाडौंमा अमेरिकी डलर नौ सय ७३, पोखरामा सात सय ९२ र भैरहवामा सात सय ७६ तोकेको छ।
इन्डियन आयल कर्पोरेसशनबाट आज प्राप्त नयाँ मूल्यसूचीअनुसार स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment