आउट स्टडी अब्रोडको नयाँ शाखा नयाँ बानेश्वरमा

डिसी नेपाल
१६ साउन २०८२ १०:०२
28
Shares

काठमाडौं। अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई लक्षित गरेर ‘आउट स्टडी अब्रोड प्रोग्राम्स’ले नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

अष्ट्रेलिया, युके नेदरल्याण्ड, डेनमार्क र युरोपका विभिन्न मुलुकहरुमा अध्ययनका लागि जाने विद्यार्थीहरुका लागि विगत २० वर्षदेखि सेवारत ‘आउट स्टडी अब्रोड’ले आफ्नो नयाँ शाखा नयाँ बानेश्वरबाट सञ्चालनमा ल्याएको हो।

मुख्य केन्द्रीय कार्यालय पुतलिसडकबाट सञ्चालमा रहेको ‘आउट स्टडी अब्रोड’ले मुम्वइबाट समेत विद्यार्थीहरुलाई सेवा दिइरहेको प्रवन्ध निर्देशक निशा श्रेष्ठले जानकारी दिइन्।

श्रेष्ठले भनिन् ‘आउट स्टडी एब्रोड’ विगत २० वर्षदेखि विद्यार्थीहरुको लागि सेवा दिदै आइरहेको सस्था हो। नेपाल सहित हामी मुम्वइबाट पनि काम गरिरहेका छौं। अव नयाँ बानेश्वरबाट पनि हामी सेवा दिन्छौं। यो अवसरमा विशेष प्याकेज र सुविधाको समेत अवसर रहेकोले जो कोहीँले त्यसको सदुपयोग गर्न सकिनेछ।’

नयाँ शाखा विस्तार संगै यस क्षेत्रमा लामो समय काम गरेको अनुभवी सस्था भएकाले विद्यार्थीहरुले ढुक्क भएर सेवा लिन सकिनेछ श्रेष्ठको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *