मलंगवाको यातायात कार्यालयले एक वर्षमै संकलन गर्यो १२ करोड बढी राजस्व

डिसी नेपाल
१६ साउन २०८२ १९:०६
48
Shares

सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा रहेको यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०८१÷८२ मा १२ करोड १७ लाख ९६ हजार ६११ रुपैयाँ राजस्व संकलन गरेको छ।

२०७९ मंसिर १७ गते स्थापना गरिएको उक्त कार्यालयले सवारीसाधन कर चालक अनुमति पत्र सवारी दर्ता किताब सवारी आयकरलगायत शीर्षकबाट राजस्व उठाउँदै आएको छ।

कार्यालयका प्रमुख शशी यादवका अनुसार सवारीसाधन करबाट मात्रै ८ करोड २९ लाख ९८ हजार ७१ रुपैयाँ, सवारी चालक अनुमति पत्र र सवारी दर्ता किताबबाट ३ करोड ५२ लाख ४५ हजार ५८५ रुपैयाँ र सवारी आयकर शीर्षकमा २३ लाख ५० हजार ४२५ रुपैयाँ राजस्व संकलन गरिएको हो।

सवारी सम्बन्धी नवीकरण, जरिवाना, नयाँ सवारी दर्ता, नामसारी, रुट परमिट लगायतका सेवामार्फत राजस्व उठाउँदै आएको कार्यालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *