हिमालयन लाइफको ‘हिमालयन आरोही सम्मान समारोह’ भव्य रुपमा सम्पन्न
काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘हिमालयन लाइफ आरोही सम्मान समारोह २०८२’ भव्य रुपमा सम्पन्न भएको छ। कम्पनीले काठमाडौंको चन्द्रागिरी हिल्स रिसोर्टमा गत वर्षका उत्कृष्ट अभिकर्ताहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरेको हो।
कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्म विभिन्न बिधा अन्तर्गत उत्कृष्ठ कारोबार गर्न सफल भएका अभिकर्ताहरुको सम्मानको लागि उक्त कार्यक्रम गरेको कम्पनीले जानकारी दिएको छ। यस अवधिमा टिम, व्यक्तिगत कोडमा सर्बाधिक कारोबार गर्ने र सबैभन्दा बढी बीमा पोलिसी बिक्री गर्ने अभिकर्ताहरुलाई सम्मान गरेको छ।
अवार्ड कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले अभिकर्ताहरुको कडा, मिहिनेत र व्यवसायका कारण कम्पनी व्यवसायिक रुपले बलियो बन्दै गएको बताएका छन्। उनले बीमा व्यवसायमा अभिकर्ताहरुको सबैभन्दा महत्वपूर्ण भूमिका रहेको भन्दै विभिन्न विधामा उत्कृष्ट व्यवसाय गरेका अभिकर्ताहरुलाई सम्मान र हौसला दिएका छन्।
सोही कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहालले अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्नको लागि विभिन्न क्षमता अभिवृद्धि तालिम, भ्रमण लगायताका कुरालाई जोड दिनुपर्ने बताए। उनले अभिकर्ताहरुलाई सक्रिय बनाउन कम्पनीले आफ्नो तर्फबाट शतप्रतिशत दिएको समेत जिकिर गरेका हुन्।
कार्यक्रममा कम्पनीका सीईओ मनोज कुमार लाल कर्ण, डिसीईओ कपिल कुमार दाहाल, उच्च व्यवस्थापकीय कर्मचारी र विभिन्न बिधामा सर्बोत्कृष्ट व्यवसाय गर्न सफल अभिकर्ताको सहभागितामा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।
गत आर्थिक वर्षको अवधिमा व्यक्तिगत कोडबाट सर्बोत्कृष्ट व्यवसाय गर्न सफल भएका एजेन्सीहरुले कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको प्रतिक्रिया दिएका छन्। साथै उनीहरुले कम्पनीले दिएको यो सम्मान र हौसलाले आगामी दिनमा अझै बढी व्यवसाय गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment