कोशी प्रदेश सरकारद्वारा प्रदेशको नाम संशोधन

डिसी नेपाल
१६ साउन २०८२ २२:३६
708
Shares

मोरङ। कोशी प्रदेश सरकारको आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको नाम ‘कोशी प्रदेश सरकार विराटनगर, नेपाल’ हुनेगरी संशोधन गर्ने निर्णय गरेको छ।

प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले विगतमा रहेको ‘कोशी प्रदेश विराटनगर, नेपाल’लाई परिवर्तन गरी प्रदेशसभाले पास गरेको ऐनअनुसार नाम संशोधन गरी प्रदेश सरकारका सम्पूर्ण कार्यालयका ‘लेटरहेड’ र ‘साइनबेर्ड’मा सोहीअनुसार परिवर्तन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए।

त्यसैगरी, कोशी प्रदेश सरकारको तथ्यांकसम्बन्धी कार्यालयलाई व्यवस्थित गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ। प्रदेश स्वास्थ्य नीति–२०८२ लाई स्वीकृत गर्ने निर्णय गरेको छ। चालु आर्थिक वर्ष २०८२र८३ का लागि कोशी प्रदेश सरकारका विभिन्न मन्त्रालय, विभाग, निकाय र कार्यालयहरूमा कर्मचारीको अस्थायी दरब्न्दीलाई स्वीकृत गर्ने निर्णय गरेको मन्त्री भण्डारीले बताए।

कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८२ लाई प्रदेशसभामा विधेयकका रूपमा पेस गर्ने निर्णय गरिएको छ।

कोशी प्रदेशमा रहेका शैक्षिक परामर्श तथा भाषा शिक्षण कक्षा सञ्चालनसम्बन्धी विकेयकलाई कानुन, न्याय तथा प्रदेश मामिला समितिमा पठाउने निर्णय गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.