बस्तीमाथि पहिरो जाँदा पाँचधारे बजार जोखिममा
भोजपुर। टेम्केमैयुङ गाउँपालिका-९ लेखर्कमा रहेको पाँचधारे बजार पहिरोको जोखिममा परेको छ। बस्तीमाथिको डाँडामा जमिन चर्किएर पहिरो जाने अवस्था बनेपछि बजार जोखिममा परेको हो।
बजारको माथिल्लो भागमा जमिन चिरा परेर पहिरो जान थालेपछि पाँचधारे बजार जोखिममा रहेको टेम्केमैयुङ–९ लेखर्कका वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिए। बजारमाथिको डाँडामा ढुङ्गा उत्खनन गरिँदा बस्तीलाई असर परेको उहाँको भनाइ छ।
“पाँचधारे बजार पहिराको जोखिमा परेको छ”, वडाध्यक्ष माङ्गपाहाङ्गले भने, “अहिले पहिरो चलिरहेको छ। ठूलो मनसुनी वर्षात् भएको खण्डमा बस्ती नै जोखिममा पर्ने अवस्था छ।” बजार क्षेत्रका आठवटा घर पहिराको जोखिममा रहेको वडाध्यक्ष माङ्गपाहाङ्गले बताए। यहाँको विपद् तथा क्षतिको विषयमा प्रहरी मुचुल्कासहित सम्बन्धित निकायमा पठाएको भए पनि कुनै सुनुवाइ नभएको उनको भनाइ छ।
अहिले पनि जमिन चर्किएको स्थानमा सामन्य पहिरो गइरहेको अध्यक्ष माङ्गपाहाङ्गले जानकारी दिए। समयमा रोकथाम नगरिएमा ठूलो क्षति हुने अवस्था रहेको उनले बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment