नेपाल बैंक र अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरबीच सम्झौता
काठमाडाैं। नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौंको नयाँ बानेश्वर स्थित अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रालिले प्रदान गर्ने स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई प्याथोलोजि ल्यावको विविध सेवा (स्याम्पल कलेक्सन को लागि निःशुल्क होम डेलिभरीको सुविधा सहित) र औषधी खरिदमा लाग्ने शुल्कहरूमा बिल रकमको ७ प्रतिशत देखि २० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ।
सम्झौता पत्रमा मिति २०८२ साल श्रावण १९ गते बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रालिको तर्फबाट ल्याव निर्देशक डा. आभाष कोइरालाले हस्ताक्षर गरे।
यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरू डायग्नोस्टिक सेन्टरको ल्याबबाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्यसेवाबाट लाभान्वित हुन सक्नेछन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment