उदयपुरमा लाखे जात्रा सुरु

डिसी नेपाल
२४ साउन २०८२ १७:२५
12
Shares

उदयपुर। उदयपुरमा नेवार समुदायको लाखे जात्रा सुरु भएको छ। जनै अर्थात क्वाँटी पूर्णिमासँगै जिल्लाका नेवार समुदायको बाहुल्य भएका पालिकाहरुमा जात्रा सुरु भएको छ।

यो जात्रा भदौ १ गते कृष्ण जन्माष्टमीका दिनसम्म मनाइने नेवा देय् दबुः चौदण्डीगढी नगरपालिकाका अध्यक्ष रमेश प्रधानले जानकारी दिए।

त्यस्तै नेवार समुदायको भाषा, साहित्य, कला, संस्कृति, परम्परा र रीतिरिवाजको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले झीगु नेवाः पुचः, मिसा पुचः र अन्य उप–समितिहरूको संयुक्त आयोजनामा जिल्ला सदरमुकाम गाईघाट लगायतका पालिकाहरुमा समेत शनिबारबाटै लाखे जात्रा सुरु भएको झीगु नेवाः पुचः का जिल्ला सचिव गोपाल श्रेष्ठले जानकारी दिए।

भिमसेन मन्दिरमा विधिवत पूजा गरि लाखेमा प्रयोग हुने ढोल, झ्याम्टा, मुकुन्डो, लाखेले लगाउने कपडा लगायतका सामग्रीको पूजा गरि जात्रा सुरु गरिएको हो।

द्वापर युगमा भगवान श्रीकृष्ण र मामा कंशबीचको लडाईंको सम्झना सहित विभिन्न गतिविधि गर्दै नेवार समुदायको बसोबास भएको क्षेत्रमा लाखे जात्रा घुमाउने चलन रहेको किशोर ताम्राकारले बताए।

जनै अर्थात क्वाँटी पूर्णिमासँगै सुरु भएको लाखे जात्रा कृष्ण जन्माष्टमीका दिन रथ यात्रा सहित नगर परिक्रमा संगै समापन गरिने बताइएको छ। सदरमुकाम गाईघाटमा भने साउन ३१ गते नगर भित्रका सबै लाखेहरुको जम्मा गरि बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको समेत आयोजक झीगु नेवाः पुचःले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *