दुर्घटनामा तीन जना घाइते
अदानचुली (हुम्ला) । खार्पुनाथबाट ग्याग्रु जाँदै गरेको बा२०च ७२७९ नम्बरको जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
कर्णाली करिडोरअन्तरगत खार्पुनाथ गाउँपालिका–५ चुवाखोला नजिकैको उकालोमा जिप सडकमा पल्टिएको प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए। घाइतेको नाम ठेगाना खुल्न नसकेको उनले बताए।
घाइते तीनै जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment