रवि लामिछानेले बिगो बुझाएर जेलमुक्त हुन दिएको निवेदनको सुनुवाइ आज

डिसी नेपाल
२६ साउन २०८२ १०:२६
632
Shares

काठमाडौं । सहकारी ठगी मुद्दामा आफूविरुद्ध अभियोग पत्रमा दाबी गरिएको बिगो बुझाएर जेलमुक्त हुन पाउँ भनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दिएको निवेदनमाथि जिल्ला अदालत रूपन्देहीमा आज सुनुवाइ हुँदैछ ।

रवि बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि भैरहवा कारागारमा छन् । लामिछानेले आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रूपन्देहीमा साउन १९ गते निवेदन दिएका थिए।

उनको निवेदनमा सुनुवाइका लागि आज पेसी तोकिएको अदालत प्रशासनले जनाएको छ। लामिछाने बिगोवापतको २ करोड ७४ लाख ८४ हजार दाखिला गरिदिएको बताएका छन्।

सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। यो आदेश सर्वोच्च अदालतले पनि सदर गरेको थियो । उच्चले जेल पठाएयता उनी भैरहवा कारागारमा छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *