राप्रपा नेपाल धनुषामा गोइत, दाहाल, सुवेदी र थापा केन्द्रीय सदस्यमा मनोनित

डिसी नेपाल
२७ साउन २०८२ ७:३५
240
Shares

काठमाडौं । राप्रपा नेपाल धनुषा जिल्ला कार्यसमितीको बैठकले देबन गोइतको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिती पुनर्गठन गरेको छ।

जनकपुरमा बसेको बैठकले जिल्ला समिति पुनर्गठन गरेको हो। गोइत पार्टी स्थापना कालदेखिका पुराना कार्यकर्ता हुन्। उनी ०६२/६३ को समयमा धनुषाको पार्टी अध्यक्षको जिम्मेवारीमा थिए।

यसैगरी केही दिन अघि पार्टी प्रवेश गरेका डा.बालकृष्ण दाहाल,डा.सुदर्शन सुवेदी र अर्थविद प्रकाश थापालाई अध्यक्ष कमल थापाले पार्टीको केन्द्रीय सदस्य पदमा मनोनित गरेका छन्।

डा.दाहाललाई शिक्षा विभागको प्रमुख र डा.सुवेदीलाई प्रशिक्षण विभागको सदस्यको रुपमा जिम्मेवारी दिईएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *