आजदेखि अष्ट्रेलियन एजुकेशन फेयर २०२५ सुरु, ५ दिनसम्म चल्ने

डिसी नेपाल
२७ साउन २०८२ ११:१४
64
Shares

काठमाडौँ। अष्ट्रेलियन एजुकेशन फेयर २०२५ आजदेखि सुरु भएको छ। अध्ययनका लागि अष्ट्रेलिया जाने बिद्यार्थीहरुलाई लक्षीत गर्दै काठमाडौँको नयाँ बानेश्वरमा रहेको गोरेटो एजुकेशन कन्सलट्यान्सीले फेयरको आयोजना गरेको हो।

फेयरमा अष्ट्रेलियाका विभिन्न कलेजहरुका प्रतिनिधीहरुकै उपस्थितिमा कुन शहरका कुन विश्वबिद्यालयमा जाँदा बिद्यार्थीलाई उपयुक्त हुन्छ भन्ने विषयमा पनि जानकारी दिइने तथा हरेक अप्ठ्यारा परिस्थितीहरुको सामना कसरी गर्ने भन्ने विषयमा समेत विश्वबिद्यालयका प्रतिनिधि र काउन्सलरहरुले जानकारी दिने गोरेटो एजुकेशन कन्सलट्यान्सीका सिनियर काउन्सलर प्रकाश रेग्मीले जानकारी दिए।

५ दिनसम्म चल्ने फेयरमा अष्ट्रेलियामा रहेका विश्वबिद्यालयहरुको भौतिक संरचनादेखि दक्ष र अनुभवी काउन्स्लरहरुबाट पनि कोर्स सेलेक्सन, अध्ययनमा जाँदा लाग्ने लागतदेखि आईएलट्स, टोफेलका बारेमा पनि जानकारी दिइनेछ।

फेयरमा उपस्थित हुने बिद्यार्थीहरुमध्ये १० भन्दा बढी बिद्यार्थीलाई आईएलट्स, टोफेलको निशुल्क व्यबस्था गरिने आयोजकले जनाएको छ। फेयरमा राष्ट्रिय स्तरका कलाकारहरुले पनि आफ्नो प्रस्तुती दिनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.