नक्कली शरणार्थी प्रकरणमा पूर्व मन्त्री रायमाझी, खाँणसहितको मुद्दाको सुनुवाइ आज

डिसी नेपाल
२७ साउन २०८२ १२:२७
600
Shares

काठमाडौं । नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका तस्करी गरेको प्रकरणमा पूर्व मन्त्रीहरूसहितका विपक्षीहरू विरुद्धको मुद्दामा आज जिल्ला अदालत काठमाडौंमा सुनुवाइ हुँदैछ । यो मुद्दाको सुनुवाइ न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा हुनेछ ।

यो प्रकरणका आरोपीहरू पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, थापाका छोरा प्रतीक थापा, तत्कालीन गृहसचिव टेकराज पाण्डेसहित ३६ जना छन् । यीमध्ये रायमाझी, फाण्डेसहित केही पुर्पक्षका लागि थुनामै छन् भने खाणसहित केही धरौटीमा जेलबाहिर छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.