कारागारमा सुरक्षा र मानव अधिकारको ग्यारेन्टी गर्न माग
काठमाडौं । कैलाली कारागारमा गत शुक्रबार राति भएको झडपको विषय प्रतिनिधिसभा बैठकमा उठेको छ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रकी सचेतक रुपा शोशी चौधरीले कारागारमा भएको झडपको विषय संसद्मा उठाएकी हुन्।
उनले सुरक्षा घेरामा रहने कारागारमा झडप हुने बेलासम्म प्रशासन किन मौन बस्यो भन्दै गृहमन्त्री रमेश लेखकलाई प्रश्न समेत सोधेकी छन्।
उनले कारागार सुरक्षा र मानव अधिकारको ग्यारेन्टी गर्न समेत माग गरिन्। कैलाली कारागारमा शुक्रवार राति कैदीबन्दीको आक्रमणमा परेर लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका एक जनाको मृत्यु भएको थियो भने ४९ जना कैदीबन्दी घाइते भएका थिए।
उनले कारागारमा सुरक्षा र मानव अधिकारको ग्यारेन्टी गर्न माग गरिन्। उनले झडपमा परी मृत्यु भएका भरत चौधरीको मृतात्माको शान्तिको कामना समेत गरिन्।
‘यहि साउन २३ गते कैलालीको कारागारमा दुखद तर लज्जास्पद घटना भएको छ। कारागार भित्र दुईपक्षबिच झडप भइ एकजना भरत चौधरीको मृत्यु भएको छ भने सामान्य र गम्भीर गरी ५४ जना घाइते भएका छन्। म मृतक भरत चौधरी प्रति हार्दिक श्रदान्जली भन्न चाहान्छु।
धाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्न चहान्छु। कारागार भित्र मानवअधिकार भन्ने कुरा हुन्छ कि हुँदैन कैलालीको कारागार १५० जना कैदी बन्दी रहने क्षमताको कारोबार हो। तर त्यहाँ ७०० भन्दा बढी कैदी रहेको समचार बाहिर आएको छ। यो केबल झडप मात्र होइन।
रागार प्रशासनको विफलता पनि हो। म गृहमन्त्रीलाई के भन्छु भने सुरक्षा निकाएको घेरामा रहने बन्दीहरु झडप गर्दा सम्म प्रशासन किन मौन बस्यो। उनीहरुको जीवनको ग्यारेन्टि हुने स्थिति भएन भने बाहिरका सर्वसाधरण जनताले आफ्नो जीवनको सुरक्षाको प्रत्याभुति कसरी गर्ने। यो घटनाको बारे निश्पक्ष छानबिन गर्न माग गर्दछु’ उनले भनिन्।







डिसी नेपाल








Facebook Comment