तुर्कमेनिस्तान भ्रमणबारे प्रधानमन्त्रीले संसद्लाई दिए जानकारी

डिसी नेपाल
२८ साउन २०८२ १४:१४
20
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे संघीय संसद्लाई जानकारी दिएका छन्। बुधबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रमणबारे जानकारी दिएका हुन्।

भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन साउन १८ गते मध्यराति त्यसतर्फ गएर प्रधानमन्त्री ओली साउन २३ गते स्वदेश फर्किएका थिए।

नेपाल अध्यक्ष रहेको एलएलडिसी समूहको सम्मेलन यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना भएको थियो।

सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए।

सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ अधिकारीहरूसँग पनि भेटवार्ता गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.