बागलुङमा सडक खन्दा ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक जना गम्भीर घाइते

डिसी नेपाल
१९ असोज २०८३ ९:५६

बागलुङ— निसीखोला गाउँपालिका–३ बोहरागाउँमा सडक निर्माणका क्रममा अचानक माटोको ढिस्को खस्दा दुई मजदुरको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। काप्रा–बोहरागाउँ–छापाखानी प्यूठान सडकखण्डको स्तरोन्नति गर्ने क्रममा आज बिहान करिब ७ः३० बजे यो दुर्घटना भएको हो।

दुर्घटनामा परेर सल्यानका २८ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर गाईघाटका ३२ वर्षीय राजु थापाको ज्यान गएको छ। चालक भद्र मल्लले चलाएको लु१क ३४४६ नम्बरको जेसिबीले बाटो खनिरहेका बेला अचानक माथिबाट माटोको ठूलो ढिस्को खसेर काम गरिरहेका मजदुरहरूलाई पुरेको थियो।

ढिस्कोमा पुरिएकामध्ये दुई जनाको उद्धार गर्ने क्रममा घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा रोल्पाका कृष्ण घर्ती मगर गम्भीर घाइते भएका छन्। उनलाई तत्कालै उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल बुर्तिबाङ पुर्‍याइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *