सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए

डिसी नेपाल
१९ असोज २०८३ ९:०७

बागलुङ। बागलुङको निसीखोला गाउँपालिका–३ बोहरागाउँमा सडक स्तरोन्नतिको काम भइरहेका बेला माटोको ढिस्को खस्दा तीन जना कामदार पुरिएका छन्।

आज बिहान झिवाखोलाबाट बोहरागाउँ जाने भित्री सडकखण्डमा जेसिबीले सडक खन्ने क्रममा अचानक माटोको ढिस्को खसेर काम गरिरहेका तीन जना पुरिएका हुन्। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख फडिन्द्र प्रसाईंका अनुसार स्थानीय चालक भद्र मल्लले चलाएको लु१क ३४४६ नम्बरको जेसिबीले सडक स्तरोन्नतिको काम गरिरहेका बेला माथिबाट माटोको ढिस्को खसेको थियो।

पहिरोमा लालबहादुर बुढाथोकी, राजु थापा मगर र कृष्णबहादुर घर्ती पुरिएका छन्। उनीहरूमध्ये कृष्णबहादुर घर्तीलाई गम्भीर अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ। पुरिएका अन्य दुई जनाको पनि उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरी तथा स्थानीयको सहयोगमा उद्धार कार्य भइरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *