‘बुहविवाहले व्यक्ति र परिवारलाई मात्र होइन समाज र राष्ट्रमा असर गर्छ’
काठमाडौं। वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले बहुविवाहको विषयले सामाजिक, पारिवारिक हिंसा, विखण्डन जस्ता कुरालाई आश्रय दिने बताएकी छन्।
विहीबार काठमाडौंमा आयोजित ‘सुनिता रेग्मी लैङ्गिक न्याय संवाद शृंखला’ कार्यक्रममा उनले बुहविवाहले व्यक्ति र परिवारलाई मात्र होइन पूरै समाज र राष्ट्रमा असर पुर्याउने भन्दै लैङ्गिक समानताको दृष्टिकोणले पनि स्वीकार्य नभएको बताइन्।
उनले भनिन्, ‘महिला हिंसा अन्तरगत पर्ने एउटा विषय बहुविवाह पनि हो। महिला हिंसाको कुरा आउँदा बहुविवाह पनि यसमा जोडिन्छ। यो लैङ्गिक समानताको दृष्टिकोणले पनि स्वीकार्य विषय होइन्। बुहविवाहले व्यक्ति र परिवारलाई मात्र असर होइन पूरै समाज र राष्ट्रमा असर पुर्याउने भएको हुनाले यसलाई समाज विरुद्धको अपराध अथवा कसुर मानेर कानूनले व्यवस्था गरेको मानिन्छ। यसबाट सामाजिक, पारिवारिक हिंसा, विखण्डन जस्ता कुराले आश्रय पाउने पनि देखिन्छ।’
यस्तै, उनले बहु विवाह भनेको महिलाले धेरै श्रीमान र पुरुषले धेरै श्रीमती राख्न पाउने कानून भएता पनि कानूनमा विवाहित महिलाले परपुरुषसँग सम्बन्ध राखे पहिलाको श्रीमानसँग स्वतः सम्बन्धविच्छेद हुने तर पुरुषको हकमा त्यो लागू नहुने कानून रहेको पनि उल्लेख गरेकी छन्।
उनले भनिन्, ‘बहु विवाह बदरयोग्य विवाह हो। यो विवाहलाई कानूनले मान्यता दिदैँन् भन्ने कुराको चेतना फैलाउनको लागि आवश्यक छ। बहु विवाह भनेको महिलाले धेरै श्रीमान र पुरुषले धेरै श्रीमती राख्न पाउने हो तर हाम्रो कानूनमा विवाहित महिलाले परपुरुषसँग सम्बन्ध राख्छ भने उसको पहिलो पुरुषसँग स्वत सम्बन्धविच्छेद हुने भनिएको छ। तर पुरुषको लागि त्यस्तो थिएन।’
बहुविवाहलाई कसूरको रुपमा लिएर यसलाई नियन्त्रण गर्नको लागि कानूनहरु आएको उनको भनाइ छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment