श्रम स्वीकृति नलिई साउदीमा कार्यरत नेपालीलाई श्रम वैधानिकिकरण

डिसी नेपाल
३० साउन २०८२ १७:०८
104
Shares

काठमाडौं । श्रम स्वीकृति नलिइ साउदी अरेबियामा कार्यरत नेपालीहरुलाई श्रम वैधानिकिकरण सुरु भएको छ।

शुक्रबार काठमाडौंमा आयोजित एक समारोहकोबीच नेपाली दुतावास साउदी अरेबियाबाट श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपालीहरुलाई श्रम वैधानिकिकरण सुरु गरिएको हो।

विगत आठ बर्षदेखि रियादमा कार्यरत अजय दंगालको बायोमेट्रिक लिइएको र महामहिम राजदुत डा.नरेश बिक्रम ढकालले श्रम वैधानिकिकरण कार्यलाई स्वीकृति प्रदान हुन्।

कार्यक्रममा बोल्दै श्रममन्त्री शरद सिंह भण्डारीले अहिले लाखौं नेपालीहरु श्रमको शिलशिलामा विभिन्न बाटोबाट विभिन्न मुलुकमा रहेको अवस्थामा विभिन्न कागजी कठिनाइले वैधानीकरण हुन नसक्ने र पाउनुपर्ने अधिकारबाट बन्चित रहेको बताए। यस्तो अवस्थामा सरकारले वैदेशीक रोजगारमा रहेका श्रमीकहरुको हितका लागि वैधानिकिकरणको काम गरिरहेको बताए।

त्यस्तै उनले खाडी मुलुकमा जाने सुरुवात साउदी अरेबियाबाटै भएको बताउँदै अरेबियामा दुईपक्ष सम्झैता गर्न एक दशक देखि धेरै प्रयासहरु गरिरहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *