भीमफेदी कारागारमा एक जना कैदीको मृत्यु
हेटौंडा । मकवानपुरको भीमफेदी कारागारमा एक जना कैदीको मृत्यु भएको छ ।
आज बिहान पौने ६ बजेको समयमा एक्कासी बिरामी भएका चितवनका ४३ वर्षीय विष्णुप्रसाद दुलालको उपचारको क्रममा मृत्यु भएको कारागार प्रमुख सुवास पौडेलले बताए।
उनलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। उनको मृत्युको कारण खुलिसकेको छैन।
उनको विहान श्वासप्रश्वासमा समस्या आएको थियो। मृतक दुलाल चितवन जिल्ला अदालतबाट १० माघ २०७८ मा जर्वजस्तीकरणी मुद्दामा दोषी ठहर भएर १० वर्ष कैद सजाय भोगी रहेका थिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment