उमा सुवेदीद्वारा लेखिएको ‘परिधि’ विमोचन

डिसी नेपाल
३१ साउन २०८२ १६:२५
32
Shares

काठमाडौं । उमा सुवेदीद्वारा लिखित आख्यान ‘परिधि’ शनिबार राजधानीमा एक विशेष समारोहकाबीच सार्वजनिक गरिएको छ। कार्यक्रमका प्रमुख अतिथिका रूपमा सहभागी लेखक सुवेदी स्वयंले आख्यानको औपचारिक विमोचन गरेकी हुन्।

कार्यक्रममा बोल्दै सुवेदीले ‘परिधि’ लेखनको प्रेरणा कोरोना महामारीको पहिलो चरणमा सुदूरपश्चिममा बसेको अनुभवबाट आएको बताइन्। जागिरको सिलसिलामा दुई वर्ष सुदूरपश्चिममा बिताउँदाको समयमा उनले एउटा विशेष व्यक्तिसँगको भेटलाई आख्यानको केन्द्रविन्दु बनाएकी हुन्।

‘कोरोनाको पहिलो लहरको त्रासदीबीच म त्यहाँ एक्लै थिएँ। त्यही समयमा यस्तो पात्रसँग भेट भयो जसले आफ्नो जीवनका घटनालाई समाजको षड्यन्त्रसँग जोडेर हेथ्र्यो,’ उनले भनिन्, ‘उहाँका कुरा सुन्दै जाँदा ती मन–मस्तिष्कका जटिल पक्षहरू प्रकट हुन थाले।।त्यही पात्रको मनोविज्ञानले लेख्न प्रेरित गर्‍यो।’

सुवेदीका अनुसार, उनी काठमाडौं फर्किएपछि सुदूरपश्चिममा भेटिएको पात्रलाई काठमाडौंको परिवेशसँग तुलना गर्दै आख्यान तयार पारिएको हो। ‘म त्यो पात्रलाई मेरो मस्तिष्कमै बोकेर काठमाडौं आएँ र ‘परिधि’ तयार गरें,’ उनले भनिन्।

यसैगरी कलाकार गौरी मल्लले पुस्तकमा पात्रको भोगाई उसको जीवन कसरी किनिएको छ भन्दा फरक नपर्ने बताइन्। उनले पुस्तकमा किनिएको जीवनमा पिँजडामा बसेको मान्छे आफूले लेखेको कवितासँग थोरै मेल समेत खाएको बताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *