दुई संसदीय समितिको बैठक बस्दै,यस्तो छन् कार्यसूची

डिसी नेपाल
१ भदौ २०८२ ७:१५
24
Shares

काठमाडौं। संघीय संसद् अन्तर्गतका दुई संसदीय समितिको बैठक बस्दैछ।

आइतबार पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ।

दिनको २ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा वर्षाका कारण अन्तरदेशीय जोड्ने कोदारी राजमार्ग, रसुवागढीलगायत अन्य सडकको अवस्थाका सम्बन्धमा छलफल गर्ने कार्यसूची राखिएको छ। त्यस्तै, चाडपर्वको पूर्वसन्ध्यामा सडक यातायात र सडक पूर्वाधारको अवस्थाका बारेमा बैठकमा छलफल हुने कार्यसूची छ।

त्यस्तै,विधायन व्यवस्थापन समितिको बैठक पनि दिनको २ बजे बस्ने छ । बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.